भद्र २९।  फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी नेपाली चेली मिरा राई फेरि अर्को सफलता हात पार्ने उद्देश्यबोकेर स्पेनमा पुगेकी छन् । आगामी शनिबार स्पेनको पिरेना बागामा हुने “सालोमन प्रिनेउ अल्ट्रा दौडमा” भाग लिन धावक राई स्पेन आएकी हुन्।
संसारकै पाँच उत्कृष्ट दौड मध्ये पर्ने १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौड’ काडी मोक्सेरो नेशनल पार्कबाट शुरु भएर बार्सिलोना स्थित बागामा आएर टुंगिने छ ।
पूर्व माओवादी लडाकू समेत रहेकी मिराले यस अघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्व भर फैलाएकी थिईन् ।
राईलाई संसारकै उत्कृष्ट धावकहरुले सहभागिता जनाउने स्पेनको अल्ट्रा दौडमा भाग लिने अबसर उनकी ईटालियन गुरु टिटे टोग्नीले मिलाएकी हुन् ।
म्याराथन दौडमा भाग लिन आएकी राईले बार्सिलोना स्थित बिमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै आँफूले सक्दो प्रयास गर्ने बताएकी छन् । उनले भनिन्,”अल्ट्रा दौडमा कैयौ पटक उपाधि जितेका र रेकर्ड बनाएका धावकहरु पनि सँगै छन् तर मेरो तर्फबाट सक्दो कोशिस गर्ने छु ।”
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेर देखि नै माओवादी बनेकी थिइन् । लडाकू रहेकी मिरालाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकाएको थियो ।
निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् । सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो । अझ फ्रान्समा सम्पन्न मोन्ट ब्लंक म्याराथनको उपाधि जिते पछि उनको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै चर्चा चुलिएको छ ।

0 comments:

Post a Comment

 
Top