भाद्र २१। आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट भएको छ । चेक रिपब्लिकले पनि युरो कपमा स्थान बनाएको छ ।
आइतबार राति भएको खेलमा काजकिस्तानसँग गोलरहित बराबरी खलेको आइसल्याण्डले पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिता खेल्ने सुनिश्चित गरेको हो । आइसल्याण्ड ८ खेलबाट १९ अंकसहित समूह एको शीर्ष स्थानमा छ ।
आइसल्याण्ड युरो कपका लागि छनोट हुने सानो देश हो, जहाँको जनसंख्या मात्र ३ लाख १७ हजार छ ।
आइतबार राति नै भएको अर्को खेलमा लाटभियालाई २-१ ले पराजित गरेको चेक रिपब्लिकको पनि समान १९ अंक छ । तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहृयो ।
नेदरल्याण्ड भने टर्कीसँग ३-० ले पराजित भएको छ । हारसँगै नेदरल्याण्ड सिधै युरो कपका लागि छनोट हुन असफल भयो ।

0 comments:

Post a Comment

 
Top