आश्विन १४।  सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेज् क्रिकेट प्रतियोगिताको उपाधि सिप्रदी ग्रुपले जितेको छ । कीर्तिपुरस्थित त्रिबीबी क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा सिप्रदीले नविल बैंकलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको सिप्रदीले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ७९ रन बनायो । जवाफी ब्याटिङमा आएको नविलले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।
सिप्रदीलाई जित दिलाउन शैलेन्द्र नेपालीले ३१, दीपेश श्रेष्ठले १९ तथा सावन्त सिजापतिले १६ रनको योगदान दिए भने चिरन थापाले ३ विकेट लिए ।
नविलका अमित पोखरेलले ४० र भुवन श्रेष्ठले १७ रन बनाएर विशाल थापाले १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । प्रतियोगितामा सिप्रदीका शैलेन्द्र सर्वोत्कृष्ट खेलाडी, नविलका अमित उत्कृष्ट ब्याट्सम्यान तथा सबभन्दा धेरै छक्का बर्साउने खेलाडी भए ।
त्यस्तै, सिप्रदीकै चिरन उत्कृष्ट बलर र दीपेश उत्कृष्ट विकेटकिपर तथा सुरज तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए । विजेता, उपविजेता टोली तथा सबै उत्कृष्टलाई ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरियो । रासस

0 comments:

Post a Comment

 
Top