आश्विन १।  च्याम्पियन्स लिग फुटबलमा रोमाले डिफेण्डिङ च्याम्पियन बार्सिलानोलाई बराबरीमा रोकेको छ ।
बुधबार राति भएको खेलमा रोमाले बार्सिलोनालाई १-१ को बराबरीमा रोकेको हो ।
रोमाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । उनले इभान राकिटिकको पासमा गोल गरेका हुन् ।
तर, ३१ औं मिनेटमा रोमाका एलेन्सेड्रो फ्लोरेन्जीले करिव ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे ।
बल पोजिसनमा बार्सिलोना हावी थियो । ७५ प्रतिशत बल पोजिसन भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन । १०० औं च्याम्पियन्स लिग खेलिरहेका लिओनल मेस्सीको प्रहार बारमा लागेर फर्किएको थियो ।
अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले ओलम्पिकासलाई ३-० ले हराएको छ । उसका तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । थोमस मुलरले पेनाल्टीसहित दुई गोल गरे भने एक गोल जेट्जेले गरे ।
अन्य खेलमा बार्यन लिभरकुसनले बाटेलाई ४-१ ले पराजित गरेको छ । डाइनामो किभ र पोर्टोले २-२ को तथा लायन र केएए जेन्टले १-१ को बराबरी खेलेका छन् ।
बुधबार राति नै भएको अर्को खेलमा जेनिट सेन्ट पिटरबर्गले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको छ । 

0 comments:

Post a Comment

 
Top