यस सिजन कुनै पनि उपाधि हात पार्न असफल बनेपछि रियल म्याड्रिडले आफ्नो मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीलाई बर्खास्त गरेको छ ।
एन्चेलोटीले रियललाई गत सिजन दशौं च्याम्पियन्स लिग उपाधि दिलाए पनि यस सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरियो र लिगमा बार्सिलोनापछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एन्चेलोटीसँग सोमबार साँझ बैठक गरी अब उनको सेवा क्लबलाई आवश्यक नरहेको बताएका थिए । रियलसँग एन्चेलोटीको अझै एक वर्ष करार बाँकी रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पेरेजले भने, ‘बोर्ड बैठकले कार्लो एन्चेलोटीलाई मुख्य प्रशिक्षकको पदबाट हटाउने निर्णउ गरेको छ । यो निर्णय निकै अप्ठ्यारो थियो तर म्याड्रिडमा उपाधिको माग निकै उच्च छ ।’
एन्चेलोटीपछि राफायल बेनिटेज, जर्गन क्लप, जिनेदिन जिदानलगायतलाई रियलको आगामी प्रशिक्षकको रुपमा हेरिएको छ ।

0 comments:

Post a Comment

 
Top