इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको छ ।
मुम्बईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि संजु सामसनले ७६ रन बनाए । शेन वाट्सनले २८, स्टिभ स्मिथले २३ र अजिन्क्या रहाणेले १६ रन जोडे ।
मुम्बईका मिचेल म्याकलंघनले ३१ रन दिएर ३ विकेट लिए ।
यसअघि मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । उसका लागि अम्बाती राडयूलले २७ बलमा ५३ रन बनाए भने लेन्डल सिमोन्सले ३८ र रोहित शर्माले २७ रनको योगदान दिए ।
सिमोन्स र पार्थिव पटेलको जोडीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । पटेलले १४ बलमा २३ रन बनाए ।
राजस्थानका धवन कुलकर्णीले २ विकेट लिए ।

0 comments:

Post a Comment

 
Top