स्पेनिस क्लब रियल म्याड्रिड लगातार तेस्रो पटक फोर्बस् पत्रिकाको सबैभन्दा धनी फुटबल क्लबको शीर्ष स्थानमा रहन सफल भएको छ ।
सन् २०१४ को तुलनामा क्लबको मूल्य ५ प्रतिशतले ह्रास आउँदै ३.२६ बिलियन डलरमा झरे पनि अन्य क्लबको तुलनामा आम्दानी भने सबैभन्दा धेरै ७ सय ४६ मिलियन डलर रह्यो ।
दोस्रो स्थानमा अर्को स्पेनिस क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ३.१६ बिलियन डलर रहेको छ । ३.१० बिलियन डलर मूल्यसहित इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ । टप २० मा ८ वटा इंग्लिस क्लब रहेका छन् । म्यान्चेस्टर सिटी बायर्न म्युनिखपछि पाँचौं स्थानमा रहेको छ भने चेल्सी छैटौं स्थानमा रहेको छ ।
आर्सनल र लिभरपुल क्रमशः सातौं र आठौं स्थानमा छन् भने इटालियन क्लबद्वय युभेन्टस र एसी मिलान नवौं र दशौं स्थानमा छन् ।

0 comments:

Post a Comment

 
Top