क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमीरेले भुकम्प प्रभावीतहरुलाई तीन महिनाको तलव सहयोग गर्ने घोषणा गरेकी छिन् । आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । त्यस्तै सामाजीक उत्तरदायीत्व बहन गर्ने भन्दै क्रिकेट संघले एक लाख सहयोग गर्ने घोषणा गरेको छ । त्यसैगरी क्रिकेट संघको फाईनान्स म्यानेजर प्रकाशमहर्जन र प्रमुखकार्यसंचालनअधिकृत छुम्बी लामाले एक/एक महिनाको तलव भुकम्पपिडीतहरुलाई उपलत्तब्ध गराउने बताएका छन । संघका अन्य कर्मचारीहरुले पनी क्षमताअनुसारको राहत रकम सहयोग गर्ने क्रिकेट संघले जनाएको छ । क्यानले भुकम्प पिडीतहरुका लागी राहत संकलन गर्न भन्दै चारवटा संकलन केन्द्रहरु तोकेको छ । क्यानले तोकेको संकलन केन्द्रहरुमा नेपालक्रिकेट संघ, मूलपानी, होटलक्राउनप्लाजा, भगवतीबहाल, होटल ट्राभल ईन, गौशाला र होटलशिभम् प्लाजा, पिङ्गलास्थान, रहेका छन् ।

0 comments:

Post a Comment

 
Top