Wales
२४ असोज, काठमाडौं । बोस्निया हर्जगोभिनासँगको हारका बाबजुत वेल्स युरो कप फुटबलका लागि छनोट भएको छ ।
वेल्स यससँगै ५७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताका लागि छनोट भएको हो । वेल्सले १९५८ मा विश्वकप खेलेको थियो ।
शनिबार राति भएको खेलमा वेल्स बोस्निया हर्जगोभिनासँग २–० ले पराजित भयो । तर, साइप्रसले इजरायललाई २–१ ले पराजित गरेपछि वेल्सलाई फाइदा भयो ।
समूह बीबाट बेल्जियम र वेल्स युरो कपका लागि छनोट भएको छ ।

0 comments:

Post a Comment

 
Top