आश्विन २३।  त्रिभुवन आर्मी क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ ।
१४औं खेलमा सुदूरपश्चिम फुटबल क्लब कैलालीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मीले उपाधिका लागि बलियो दावेदारी पेश गरेको हो ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन नवयुगश्रेष्ठले दुई तथा भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बुढाथोकी र राजु तामाङले एक–एक गोल गरे ।
यो जितले आर्मीको २७ अंक भएको छ । त्यसैगरी, एक खेल कम खेलेको थ्रीस्टार क्लबको २६ तथा मनाङ–मर्स्याङदी क्लबको २५ अंक छ । १४ खेलबाटै २४ अंकको झापा–११ चौथो स्थानमा रहँदा १३ खेलबाट २३ अंकको सशस्त्र प्रहरी पाँचौं स्थानमा छ ।

0 comments:

Post a Comment

 
Top