Shyane Online | 8:51 AM |
 ९ चैत,  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ ।
आइतबार राति भएको इएल क्लासिको भिडन्तमा २–१ को जित जिकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियलसँगको दुरी ४  अंकमा पु¥याएको छ ।
नाउ क्याम्पमा बार्सिलोनाले राम्रो सुरुवात गरेको थियो । तर, रियल खेलमा फर्कियो । करिम बेन्जिमाको पासमा क्रिष्टियानो रोनाल्डोले राम्रो मौका पाएका थिए । तर, उनको भली क्रसबार नजिकैबाट बाहिरियो ।
१९ औं मिनेटमा म्याथ्युले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । लिओनल मेस्सीको फ्रि किक बलमा म्याथुले हेड गोल गरेका हुन् ।
लगतै स्वरेजको पासमा नेयमारले अर्को मौका पाएका थिए । तर, उनको प्रहार रियल मड्रिडका गोलरक्षक इकर कासियासले सहजै नियन्त्रणमा लिए ।
३१ औं मिनेटमा बेन्जिमाको ब्याकपासमा पासमा रोनाल्डोले बराबरी गोल गरे ।

पहिलो हाफमा ग्यारेथ बेलको गोल अफसाइड रह्यो भने रोनाल्डोको प्रहारलाई ब्राभोले असफल पारे ।
दोस्रो हाफको सुरुमा रियल मड्रिडले बार्सिलोनालाई केही दबाव दिएको थियो ।
तर, ५६ औं मिनेटमा स्वरेलले गोल गरे । ड्यानी अल्भेसको लामो पासमा आएको बललाई उत्कृष्ट रुपमा नियन्त्रणमा लिएका उनले दुई डिफेण्डरलाई बिट गर्दै गोल गरे ।
खेलमा फेरि अग्रता लिएपछि घरेलु टोलीले रियल मड्रिडमाथि थप दबाव बढायो । तर, कासियासले मेस्सी र अल्बाले गोल गर्ने राम्रो प्रयासलाई असफल पारे ।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंंक भएको छ भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकका साथ दोस्रो स्थानमा छ 

0 comments:

Post a Comment

 
Top