खेलकुदको क्षेत्रबाट राष्ट्रिय पहिचान बनाईसकेको मोरङको बेलबारीमा खेलकुद महोत्सव हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुख्य नाराका आगामी फागुन १७ गतेदेखि महोत्सव हुन लागेको हो ।
महोत्सवबाट आम्दानी रकमले प्रस्तावित बेलबारी रंगशालाको प्यारा फिट निर्माणको शुरुवात गर्ने क्लवका अध्यक्ष रसिन लामाले बताए ।
बेलबारी फुटबल क्लवद्वारा आयोजित महोत्सवले खेलकुद क्षेत्रको विकास गरी खेलाडीहरुको मनोवल उच्च राख्न सरकारको ध्यानाकर्षण गराउने मङ्गलबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बेलबारीमा पहिलोपटक आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा विभिन्न खेलहरुको प्रतियोगिता गरी खेलाडीहरुलाई प्रोत्साहित गर्ने र खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।
महोत्सवमा खेलकुद सामाग्री, दैनिक उपभोग्य वस्तु, हस्तकला,जडीबुटी, कृषि उत्पादनका सामाग्रीहरु, जातिय पहिचानका सामाग्रीहरुको स्टलहरु राखिने महोत्सवका संयोजक उपेन्द्र सुवेदीले बताए ।

0 comments:

Post a Comment

 
Top