असोज १६  । रेडबुल राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबको खराब लय कायमै छ ।

१३औं खेलमा शुक्रबार सशस्त्र प्रहरीसँग ३–० ले पराजित भएसँगै पुलिसको शीर्ष तीनभित्र रहने सम्भावना पनि सकिएको छ । पुलिसको १२ अंकमात्र छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जित हासिल गरेसँगै सशस्त्र ११ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ । सशस्त्रलाई जिताउन टोपबहादुर बिष्टले दुई तथा गणेश लावतीले एक गोल गरे । लिग तालिकामा शीर्ष स्थानको झापा–११ को १३ खेलबाट २४ अंक छ भने एक खेल कम खेलेको थ्रीस्टार क्लब २३ अंकका साथ दोस्रो तथा २१ अंकको त्रिभुवन आर्मी तेस्रो स्थानमा छ ।
पाँचौं स्थानमा धकेलिएको मनाङ–मर्स्याङ्दीको ११ खेलबाट १९ अंक छ ।
तस्वीरः एन्फा

0 comments:

Post a Comment

 
Top