आश्विन २३।  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पपुवा न्यूगिनीसँगको खेलको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले सुपर लिग खेलाउने भएको छ ।
सुपर लिग प्रतियोगिता २४ गतेदेखि काठमाडौंमा हुनेछ । क्यानको कन्ट्राक्टमा रहेका खेलाडी र प्रत्येक क्षेत्रका उत्कृष्ट खेलाडीहरु गरेर ६० जनालाई ५ समूहमा विभाजन गरिएको छ ।
राउण्ड रोविनका आधारमा हुने ५० ओभरमा प्रतियोगितामा हरेक टीमले चार चार खेल खेल्नेछ । त्यसबाट ३० खेलाडी छनोट हुनेछन् र उनीहरुलाई दुई समूहमा विभाजन गरिनेछ ।
दुई टीमले दुई वा तीन खेल खेल्नेछ र १४ सदस्यीय नेपाली टोलीको घोषणा हुनेछ । सबै खेल भिवि क्रिकेट मैदान कीर्तिपुर र पुल्चोक इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र पपुवा न्यूगिनीबीच नोभेम्बर १६ र १८ मा यूएईमा खेल हुनेछ । त्यसअघि नोभेम्बर ८ मा अबुधाबीमा पाकिस्तानसँग ५० ओभरको खेल हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बनाएको क्यालेन्डर अनुसार नेपाली टोली नोभेम्बर ३ मा यूएई पुग्नेछ । ५ र ६ मा हङकङसँग दुई दिवसीय खेल हुनेछ भने १० तारिखमा स्थानीय टीमसँग र १४ मा ओमानसँग खेल हुनेछ ।

0 comments:

Post a Comment

 
Top