आश्विन २१।  नेपालले आसन्न १२औं दक्षिण एसियाली खेलकुदका लागि कराँतेलगायतका विकास र विस्तारका दृष्टिले सम्भावना बोकेका खेललाई सहभागी गराउन पहल गर्ने भएको छ ।

आइतबार भारतको चेन्नईमा बस्दै गरेको साग तयारी बैठकका लागि नेपालले साग खेलकुदका लागि छनोट भएका खेलमा लैंगिक समानताको मुद्दा पनि उठाउने जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीले संघहरुसँग बुधबार आफ्नै कार्यालय सातदोबाटोमा आयोजना गरेको परामर्श बैठकले सो निर्णय गरेको हो । आगामी पुष २६ देखि भारतको आसाम र गुवाहाटीमा हुने १२औं सागका लागि नेपालबाट अहिलेसम्म २२ खेलको टुंगो लागेको ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । त्यस्तै, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सागका लागि छनोटको आधार सातौं राष्ट्रिय खेलकुदलाई सफल पार्न परिषद लागिपरेको प्रतिक्रिया दिए । उनले खेलाडीलाई विशेष प्रशिक्षणका लागि विदेश पठाउन र विदेशबाट प्रशिक्षक झिकाउन पहल भइरहेको जनाए ।

0 comments:

Post a Comment

 
Top