आश्विन २०।  नेपाली सेनाका भीमबहादुर गुरुङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् ।
सोमबार सगरमाथा आधार शिविरबाट नाम्चेसम्मको ४२.१९५ किलोमिटर दुरी ४ घन्टा १ मिनेट ५४ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।
आर्मीकै सुरेन्द्र बस्नेत दोस्रो भए । उनले ४ घण्टा ३ मिनेट १८ सेकेन्डमा पुरी पुरा गरे । ४ घण्टा ११ मिनेट २८ सेकेन्डमा दुरी पार गरेका लुक्ला फेण्डसिप क्लबका पासाङ लामा तेस्रो भएका छन् ।
विदेशीतर्फ रोबर्ट सेलेस्की पहिलो भए । उनले ४ घण्टा ३४ मिनेट २८ सेकेन्डमा दुरी पुरा गरे । अष्ट्रेलियाका लिफ डेभिड क्रिस्टेन्सन दोस्रो र इजरायलका डेनियल केरेन तेस्रो भएका छन् । क्रिस्टेन्सनले ६ घण्टा १९ मिनेट १४ सेकेन्ड र केरेनले ६ घण्टा ५५ मिनेट ४ सेकेन्डमा दुरी पुरा गरेका थिए ।
महिलातर्फ आङडामी शेर्पा पहिलो भइन् । उनले ६ घण्टा ५ मिनेट ४३ सेकेन्डमा दुरी पुरा गरे । दावा डोमा शेर्पा दोस्रो र निरकला राई तेस्रो भएकी छन् ।
हाफ म्याराथनमा अमेरिकाका एन्ड्रयू स्माइमोर पहिलो भए भने इजरायलका पल यागुर दोस्रो र डेनियल वल्सन तेस्रो भएका छन् ।

0 comments:

Post a Comment

 
Top