आश्विन २१।  मनाङ–मर्स्याङ्दी क्लब रेडबुल राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको १३औं खेलमा झापा–११ माथि ३–२ को रोमान्चक जित हासिल गर्दै मनाङ २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो ।

खेलमा झापालेमध्यान्तरसम्म कर्ण लिम्बुको गोलबाट १–० ले अग्रता लिए पनि त्यसपछि विशाल राईले लगातार दुई गोल गर्दा मनाङले २–१ को अग्रता बनायो । ८३औं मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई बराबरीमा ल्याए ।

तर, इन्जुरी समयको अन्तिम घडीमा मनाङका अनिल गुरुङले गोल गर्दै ३–२ ले जिताए ।  यो जितसँगै २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको मनाङको उपाधि दावेदारी बलियो भएको छ । हारपछि १४ खेलबाट २४ अंकमा रहेको झापा चौथो स्थानमा झरेको छ । शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक रहँदा तेस्रो स्थानको त्रिभुवन आर्मीको १३ खेलबाट २४ अंक छ ।

0 comments:

Post a Comment

 
Top