आश्विन २०।  नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् ।
पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उक्तम कर्मचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
उनको प्रशिक्षणमा नेपालले अन्तिम खेल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नोभेम्बर १६ र १८ मा पपुवा न्यूगिनीसँग खेल्नेछ ।
श्रीलंकाली मुलका क्यानडेली प्रशिक्षक दशानायकेले सन् २०११ अक्टोबरमा नेपाली टीम सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो, जुन नेपाली क्रिकेटले हात पारेको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी समेत हो ।
दशानायके आउादा डिभिजन ४ मा रहेको नेपाल अहिले डिभिजन एकमा छ ।

0 comments:

Post a Comment

 
Top