Shyane Online | 9:11 AM |
३ चैत,  सन् २०१८ को विश्वकप फुटबलको प्रारम्भिक छनोटको मंगलबारको खेलमा नेपालको अग्नी परीक्षा हुदैछ । भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २-० ले पराजित भएको नेपालले मंगलवारको खेल कम्ती ३-० को अन्तरले जित्नुपर्नेछ ।
पहिलो लेगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लेगको खेल काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेलमा मात्रै जित हासिल गरेको छ ।
भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सवै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले सोमवार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
दिउँसो ३ बजेदेखि सुरु हुने उक्त खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ । भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top