न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष  सहज रुपमा पुरा गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बन्न सफल भएको छ ।
फाइनल खेलमा अस्ट्रेलियन  कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया लाई विश्व  च्याम्पियन बनाए। यस अघि  समूह चरणमा ब्यहोरेको हारको बदाला समेत लिएको छ । यससँगै क्लार्कले आफ्नो वन डे क्रिकेटको सुखद अन्त्य गरेका छन् ।
मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।
दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।
माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

0 comments:

Post a Comment

 
Top