इटहरीमा पहिलो पटक टि २० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । पूर्वमा क्रिकेट खेललाई बिकास एवम खेलाडीको हौशला प्रदान गर्ने उद्धेश्यका साथ इटहरीको सेभेन स्टर क्लबको आयोजनामा क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको हो । क्रिकेटको अन्य बिधामा खेलहरु सञ्चालन भइरहेपनि पूर्वमा पहिलो पटक टि २० स्तरको खेल हुन लागेको अयोजकको भनाई छ । इटहरीमा एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता यही माघ १ गतेबाट सञ्चालन हुने बताइएको छ ।
 खेल इटहरीको जनता उच्च माबिको खेल मैदानमा हुने छ । प्रतियोगितामा पूर्वको २६ टिमको सहभागी रहनेछन ।
 २६ टिमलाई दुई समुहमा बिभाजन गरि खेल सञ्चालन गरिने छ । खेललाई क्रिकेट खेल क्षेत्रमा लामो समयदेखी एम्पायर गदै आएका प्रदिपराज पाण्डेले सञ्चालन गर्ने छन । खेलमा पहिलो हुने टिमलाई सिल्ड सहित ११ हजार १ सय ११ नगद र दोस्रोलाई सिल्ड सहित ७ हजार ७ सय ७७ नगद सहित परस्कृत गरिने छ । यस्तै खेलमा बेष्ट बलर र ब्याटीङ्गलाई पनि नगद सहित पुरस्कृत गरिने आयोजकले बताएको छ । खेलको सम्पुर्ण तयारी पुरा भइसकेको र खेल सञ्चालन गर्ने करिब ३ लाखको खर्च पर्ने आयोजकले जानकारी दिएको छ । पहिलो खेल माघ १ गते इनरुवा क्रिकेट क्लब इनरुवा र चतरा लाइन क्रिकेट धरान बिच हुने बताइएको छ ।

0 comments:

Post a Comment

 
Top