वेस्ट इन्डिजका अफ स्पिनर सुनिल नारिनलाई अब अफ स्पिन बलिङमा प्रतिबन्ध लागेको छ ।
अबदेखि उनले कम्तीमा भारतीय क्रिकेट कन्ट्रो बोर्ड बीसीसीआईले आयोजना गर्ने कुनै पनि किसिमका क्रिकेट खेलमा अफ स्पिन बलिङ गर्न पाउने छैनन् ।
इन्डियन पि्रमियर लिग आइपीएलको अफिसियल वेब साइटका अनुसार अफ स्पिन बलिङको नियम उल्लंघन गर्दै सुनिलले बलिङ गरेका छन् । उनले क्विकर स्टे्रट र नकल बलमा भने बलिङ गर्न पाउनेछन् ।
उनललाई च्याम्पियन्स लिग क्रिकेटका बेला इलिगल बलिङ गरेको भन्दै बलिङमा प्रतिबन्ध लगाइएको थियो । जारी आइपीएलमा पनि उनी खेल्न नखल्ने अनिश्चयका बीच अन्तिममा सामेल भएका थिए ।
कोलकत्ता नाइट राइडर्सबाट खेलेका सुनिल नारिनले सनराइजर्स हैदराबादबिरुद्धका खेलमा इलिगल बलिङ गरेको भन्दै म्याच अफिसियलहरुले मुद्दा दायर गरेका थिए ।
त्यसपछिका दुई खेलमा नारिन बेन्चमै रहे । आइपीएलका पछिल्ला संस्करणहरुमा भन्दा जारी संस्करणमा उनको प्रदर्शन पनि खस्किएको छ ।
उनले ५ खेलमा मात्र २ विकेट लिएका छन् ।

0 comments:

Post a Comment

 
Top