बक्सिङको सबैभन्दा ठूलो प्रतिष्पर्धामा अमेरीकाका फ्लायद मेयवेदर जुनियर च्याम्पियन बनेका छन् ।
लस भेगासको एमडीएम ग्राण्ड मेरिनामा सम्पन्न खेलमा मेयवेदरले फिलिपिन्सका म्यानी प्याकिआओलाई ४ अंकले पराजित गरेपछि उनी यस शताब्दिकै च्याम्पियन बनेका हुन् । जीतपछि करिब २ हजार करोड डलर प्राप्त गरेका मेयवेदरले विजयका लागि दुई जजबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका थिए भने तेश्रो जजबाट ११८–११० अंक प्राप्त गरेका थिए । मेयवेदरले आफ्ना प्रतिष्पर्धी प्याकिआओको तारिफ गर्दै भनेका छन्– ‘उनी साँच्चै राम्रो फाईटर हुन्, उनीसंगको प्रतिष्पर्धापछि मलाई थाहा भयो कि उनी बक्सिङमा शीर्ष स्थानमा किन छन् । ‘
मेयवेदर संसारकै सबैभन्दा बढी कमाई गर्ने बक्सरमा पर्दछन् । उनको सम्पत्ति कम्तीमा पनि २७ अरब डलर भएको बताईन्छ ।
उनका प्रतिष्पर्धी म्यानी प्याकिआओले यसअघिका ५७ प्रतिष्पर्धामा ३८ नकआउट जितेका थिए भने अजय बक्सर मानिने मेयवेदरले ४७ प्रतिष्पर्धामा २६ नकआउटमा जीत हासिल गरेका थिए । यस किसिमको तीव्र प्रतिष्पर्धा सन् २००२ मा हेभीवेट टाइटलका लागि माइक टाइसन र लेनोक्स लुईसका बीच र सन् २०११ मा भ्लादिभिर कल्चिको र डेभिड हेका बीचमा देखिएको थियो ।

0 comments:

Post a Comment

 
Top