अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन र नेपालप्रतिको नकारात्मक प्रचार अन्त्य गर्ने उद्देश्यले आगामी असोजमा एभरेष्ट म्याराथन कार्यक्रमको आयोजना गरिने भएको छ । हालैको विनाशकारी भूकम्पको कारणले देश र देशवासीमा पर्न आएको दुःखमा साथ दिन मे २९ मा आयोजना हुनुपर्ने एभरेष्ट म्याराथन कार्यक्रम स्थगित गरी आगामी असोज १८ मा गर्न लागिएको हिमालयन एक्सपिडेसन्सले जनाएको छ । विगत १२ वर्षदेखि नेपाललाई विश्वकै एक सर्वोत्कृष्ट पर्यटन गन्तब्य स्थलको रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन आयोजक समितिले एभरेष्ट म्याराथनको आयोजना गर्दै आएको थियो । विश्वमा नै पहिलोपल्ट दुई महामानव सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा पृथ्वीको सर्वोच्च शिखर सगरमाथा चुम्न सफल भएको दिनको स्मरणमा आयोजना हुँदै आएको सो कार्यक्रम हालैको भूकम्पबाट मुलुक गहिरो पीडामा भएकाले स्थगित गर्नुपरेको एक्सपिडेसन्सका अध्यक्ष विक्रम पाण्डेले बताए । हिमपहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्का कारण करिब एक वर्षदेखि खुम्बु क्षेत्रमा पर्यटकीय गतिविधि कम हुँदा पर्यटन क्षेत्रले समस्या भोग्नु परेको बेला यसलाई पुनःजीवन दिन यसखालका अभियान प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गरे ।

0 comments:

Post a Comment

 
Top