जेठ १। कोलकत्ता नाइट राइडर्सलाई ५ रनले पराजित गर्दै मुम्बई इण्डियनले प्ले अफको सम्भावना कायमै राखेको छ ।
पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि हार्दिक पाण्डेयले ३१ बलमा ६१ रनको महत्वपूर्ण पारी खेले । ७९ रन जोड्दा ४ विकेट गमाइसकेको मुम्बईको पारी हार्दिक पाण्डेय र किरन पोलार्डले उकासेका थिए ।
सकिब अल हलनले दुई विकेट लिए ।
जवाफमा मैदान उत्रिएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । यूसुफ पठानले ५२ र गौतम गाम्भीर ३८ रन जोडे ।
अन्तिम ओभरमा कोलकत्तालाई जितका लागि १२ रन चाहिएको थियो । पहिलो बलमा किरन पलार्डले युसुप पठानको विकेट लिए ।
दोस्रो बलमा उमेश यादवले चौका हाने । तेस्रो बलमा १ रन लिए भने चौथो बल वाइड रह्यो । तर, बाँकी ३ बलमा पोलार्डले कुनै रन दिएनन् र मुम्बईले महत्वपूर्ण जित दिलाए ।
जितपछि मुम्बई १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको सनराइर्ज हैदराबादको पनि १४ अंक छ र उसले एम खेल कम खेलेको छ भने पाँचौं स्थानको राजस्थानको १४ र छैटौं स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरको १३ अंक छ ।
अब हैदराबाद र बैंग्लोरको लिग चरणको अन्तिम खेलले प्ले अफमा पुग्ने टोली तय गर्नेछ ।

0 comments:

Post a Comment

 
Top