भाद्र २४।  लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४-३९ ले पराजित गर्‍यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे ।
लिभरपुलले पहिलोमा १०-३, दोश्रोमा १९-१६ र तेश्रोमा १४-६ को अग्रता बनाउदै जित सम्भव तुल्याएको थियो । लिभरपुल चौथोमा ११-१४ ले पछि पर्‍यो ।
मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ५०-४० ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा ९-१० को झीनो अन्तरले पछि परेको मोर्गन दोश्रोमा १६-७ ले अगाडि रह्यो । तेश्रोमा मोर्गनले १२-८ को अग्रता हासिल गर्‍यो भने चौथोमा १३-१५ ले पछि पर्‍यो । 

0 comments:

Post a Comment

 
Top