आश्विन १।  नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपाल आर्मीले राष्ट्रिय लिग फुटबलमा विभागीय प्रतिद्वन्द्वी पुलिसमाथि शानदार जित हात पारेको छ ।
बुधबार भएको खेलमा आर्मीले पुलिसमाथि ३-० को फराकिलो जित हात पारेको छ । जितसागै आर्मी १४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका नवयुगले १५ औं मिनेटमा गोलको खाता खोले ।
६५ औं मिनेटमा राजु तामाङको पासमा गोल गर्दै नवयुगले अग्रता दोब्बर पारे । नवयुगले आफ्ना पााच स्टार खेलाडी विन मैदान उत्रिएको पुलिसविरुद्ध खेलको अन्तिम मिनेटमा हृयाट्रिक पुरा गरे ।

0 comments:

Post a Comment

 
Top