भदौ २३ । अष्ट्रेलियाका विकेट किपर ब्राड हेडिनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
गत जुलाइमा भएको एसेज टेष्टका क्रममा हेडिनको स्थान पिटर नेभलले लिएका थिए, जुन सिरिजमा अष्ट्रेलिया ३-२ ले पराजित भएको थियो ।
३७ वर्षका हेडिनले वर्षको सुरुमा नै एकदिवसीय क्रिकेटबाट विदा लिइसकेका थिए ।
हेडिनले न्यू साउथ वेल्सबाट पनि घरेलु क्रिकेट नखेल्ने घोषणा गरेको बीबीसीले जनाएको छ । तर, टी-२० बिग ब्यास लिग भने सिड्नी सिक्सरबाट खेल्नेछन् ।
हेडिनले २००१ मा वड डेमा डेब्यू गरेका थिए । उनले अष्ट्रेलियाबाट ६६ टेष्ट, १२६ वन डे र ३४ टी-२० खेले ।
एसेजमा हार व्यहोरेपछि सन्यासको घोषणा गर्ने उनी चौथो अष्ट्रेलियन क्रिकेटर हुन् । यसअघि कप्तान माइकल क्लार्क, क्रिस रोजर्स र शेन वाट्सनले सन्यास लिएका थिए ।

0 comments:

Post a Comment

 
Top