आश्विन १२।  अखिल नेपाल फुटबल संघ एन्फाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेका तीन उपाध्यक्ष र एक सदस्यलाई निलम्बन गरेको छ ।
एन्फाको सोमबार बसेको बैठकले उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई आगामी साधारणसभासम्मका लागि बर्खास्त गरेको हो ।
लगातार तीन वटा बैठकमा विना जनाकारी अनुपस्थित भएको र यसबारे सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिएकाले एन्फाको विधान अनुसार उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।
एन्फाले असन्तुष्ट ४ जनालाई आगामी साधारण सभासम्मका लागि बर्खास्त गरेको निर्णय गरे पनि साधारणसभाको मिति भने तोकेको छैन ।
एन्फा बैठकले निलम्बित उपाध्यक्षहरुको ठाउँमा मणी कुँवर, सन्तोष खड्का र वीरबहादुर खड्कालाई मनोनयन गरेको छ ।
यसैगरी रिक्त रहेको सदस्य पदमा अरुणमान जोशीलाई चयन गरिएको छ । यसैगरी उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त रहेको पदमा नरेन्द्र श्रेष्ठलाई मनोनयन गरिएको छ ।

0 comments:

Post a Comment

 
Top