भाद्र २६।  पदीय मर्यादा विपरित काम गरेको भन्दै खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्दा र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको अख्तियारको ठहर छ ।
अख्तियारले पौडेलमाथि अनुचित काम गरेकाले कारबाही हुनुपर्ने ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
नैतिक संकट
पार्टीमा छलफल नगरी राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा एमाले कार्यकर्ता केशव विष्टलाई गत असार १० गते नियुक्त गरेपछि मन्त्री पौडेलको पार्टी भित्रै आलोचना भएको थियो । एमाले अध्यक्ष केपी ओलीले मन्त्री पौडेललाई राजीनामा दिन दबावसमेत दिएका थिए । तर माधवकुमार नेपाल पक्षका मन्त्री पौडेलले राजीनामा भने दिएनन् ।
अख्तियारले कारवाहीको सिफारिस गरेपछि अहिले मन्त्री पौडेल नैतिक संकटमा परेका छन् । यस्तो आरोप लागेपछि सार्बजनिक लाभको पद धारणा गरेकाहरुले नैतिकताको आधारमा राजीनामा दिने अन्तराष्ट्रिय प्रचलन छ । तर, एमाले कोटाबाट मन्त्री भएका पौडेलले राजीनामा दिन्छन् की दिँदैनन् हेर्न बाँकी छ ।
कटेललाई पनि कारवाही गर्न सिफारिस
अख्तियारले राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभाग अन्तर्गत संघ संस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कटेलले आफ्नो जिम्मामा रहेका सरकारी कागजातहरू सुरक्षित राख्न नसकेको र आफूले सम्पादन गर्नुपर्ने कार्य नगरको भन्दै अख्तियारले उनलाई पनि विभागीय कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको अख्तियारले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top