असविन १०। सण्डरल्याण्डलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड पछिल्लो २ वर्षमा पहिलो पटक इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ।
 शनिबार राति सम्पन्न खेलमा युनाइटेडद्वारा पुछारमा रहेको सण्डरल्याण्डलाई ३–० ले पराजित गरेको हो ।
खेलमा युनाइटेडले पहिलो हाफको अन्तिममा अग्रता लिएको थियो । उसका लागि मेम्फिस डिपेले गोल गरे ।
दोस्रो हाफको सुरुमा नै वायन रुनीले गोल गर्दै अग्रता दोब्बर पारे भने अन्तिममा माटाले गोल गर्दै ३–० को जित दिलाए ।
त्यसअघि भएको खेलमा म्यानचेष्टर सिटी टोटनह्यामसँग ४–१ ले पराजित भएको थियो ।
जितसँगै म्यानचेष्टर युनाइटेड ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट १५ अंक जोडेको म्यानेचष्टर सिटी दोस्रो स्थानमा झरेको छ ।

0 comments:

Post a Comment

 
Top