आश्विन १४।  गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयहरुको सहयोगार्थ आगामी शुक्रबारदेखि काठमाडौंमा नेपाल कप फुटबल आयोजना हुने भएको छ । नेपालको मनाङ–मर्स्याङ्दी क्लब र चीनको साङ्घाई भाइकिङ फुटबल क्लबले संयुक्तरुपले यो च्यारिटी फुटबल आयोजना गर्न लागेका हुन् ।
शुक्रबार र शनिबार दशरथ रंगशालामा हुने प्रतियोगिता ‘सेभेन ए साइड’को ढाँचामा सन्चालन हुनेछ ।
 प्रतियोगितामा नेपालको मनाङ–मर्स्याङ्दी, चीनको साङ्घाई भाइकिङ, जर्मनीको नेपाल जर्मन फुटबल क्लबलगायत नेपालकै अन्य ९ टोली सहभागी हुँदैछन् । कुल १२ टोलीहरुलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सन्चालन गरिनेछ । प्रतियोगिता सन्चालनका लागि विश्वविख्यात फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोको च्यारिटीसहित विभिन्न एसियाली तथा युरोपेली संस्थाले सहयोग गरेका छन् । प्रतियोगिताको प्रायोजनबापत संकलन हुने ४० लाखभन्दा बढी रुपैयाँ भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणमा खर्च गरिने आयोजक पिटर टाबोरले जानकारी दिए ।
प्रतियोगिता सन्चालनको सम्पूर्ण प्राविधिक जिम्मेवारी मनाङ–मर्स्याङ्दी क्लबले लिनेछ ।

0 comments:

Post a Comment

 
Top