भाद्र २८।  विश्व नम्बर एक नोभक जोकोभिचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार विहान भएको फाइनल भिडन्तमा जोकोभिचले रोजर फेडेररलाई ३-१ को सेटमा पराजित गरे । पहिलो सेट ६-४ ले जितेका जोकोभिच दोस्रो सेटमा ५-७ ले पराजित भए । त्यसपछिका दुई सेट ६-४ र ६-४ ले जित्दै जोकोभिचले उपाधि जितेका हुन् ।
यससँगै यो वर्ष चार ग्राण्डस्लाम मध्ये तीन वटा जोकोभिचले जितेका हुन् । यूएस ओपन भने उनले दोस्रो पटक जितेका हुन् ।
विम्बल्डनको फाइनलमा पनि जोकोभिचले फेडेररलाई नै पराजित गरेका थिए ।
तर, फ्रेन्च ओपनमा भनेउनी आठौं वरियताका स्टेन वावारिन्कासाग पराजित भएका थिए ।

0 comments:

Post a Comment

 
Top