भाद्र ३१।  नेपालले १६ वर्ष मुनिको एएफसी क्वालिफायरमा विजयी सुरुवात गरेको छ । बुधबार किर्गिस्तानमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद् सुरुवात गरेको हो । नेपालको जीतमा दुबै गोल गरेका रेजिन सुब्बा खेलको नायक रहे । २८ औं मिनेटमा गोलको खाता खोलेका रेजिनले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर गरे ।
त्यसपछि जोर्डनले खेलमा फर्किन संघर्ष गरिरहँदा खेलको अतिरक्त समयमा एक गोल गर्‍यो । तर, त्यो गोल जितका लागि पर्याप्त भएन र नेपालले जीत दर्ता गर्‍यो ।
क्वालिफायरको ‘समुह बी’ मा रहेको नेपालले प्रतियोगितामा आयोजक किर्गिस्तान र ओमानको पनि सामना गर्नेछ ।

0 comments:

Post a Comment

 
Top