आश्विन १२।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई उमेर समूहका राष्ट्रिय टिमलाई सोमबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

एन्फाले साफ च्याम्पियनसिप जित्न सफल यु–१९ टिम र एएफसी यु–१६ च्याम्पियनसिपको फाइनल चरणमा पुग्न सफल टिमलाई सम्मान गरेको हो ।
फाइनलमा भारतलाई पराजित गरी २२ वर्षपछि नेपाललाई पहिलो उपाधि दिलाउन सफल यु–१९ टिमका २३ खेलाडी, तीन प्रशिक्षक र एक थेरापिष्ट गरी २७ जनालाई एन्फाले जनही दुई लाख रुपैयाँका दरले पुरस्कृत गर्दै सम्मान गरेको हो ।
यसअघि, सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गरेको थियो । यस्तै, कीर्गिस्तान र जोर्डनलाई हराउँदै एएफसी यु–१६ छनोटको उत्कृष्ट चार उपविजेताभित्र पर्दै अर्को वर्ष भारतमा हुने फाइनल चरणमा छानिएको टिमका २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सकलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
नगद पुरस्कारसहित सम्मान गर्दै सांसद एवं एन्फा अध्यक्ष गणेश थापाले यो पुरस्कारले खेलाडीमा अझ उत्कृष्ट प्रदर्शनका लागि थप हौसला बढ्ने विश्वास व्यक्त गरे ।
तस्वीरः एन्फा

0 comments:

Post a Comment

 
Top