यू-१९ विश्वकप छनोट क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । राष्ट्रिय प्रतियोगिता नै नगरी प्रारम्भीक टोली घोषणा भएको हो ।
टोलीको कप्तान  राजु रिजाल छन् भने उपकप्तानमा आरिफ शेख छन् । टोलीमा नयाँ अनुहारका रुपमा सन्दीप लामिछाने आएका छन् ।
एसीसी पि्रमियर लिग खेल्दा टोलीमा रहेका १४ जनालाई नै बन्द प्रशिक्षणमा बोलाइएको छ । जसमा राजु र आरिफसँगै दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह, आशिष धामी र ललितनारायण राजवंशी छन् ।
१८ सदस्यीय प्रारम्भीक टोलीमा कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि परेका छन् । यू-१९ विश्वकप छनोट क्रिकेट अक्टोबर १४ देखि २३, २०१५ सम्म मलेशियामा हुनेछ ।

0 comments:

Post a Comment

 
Top