भाद्र ३१। इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
पि्रमियर लिगमा झण्डै ३० वर्षयताकै खराव लयमा रहेको चेल्सीले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा मकाबी तेल अविवलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको खेलमा डिएगो कोस्टा र जोन टेरीलाई बेच्नमा राखिएको थियो भने ओस्कारलाई मौका दिइएको थियो ।
खेलमा चेल्सीले छैटौं मिनेटमा नै पेनाल्टी पाएको थियो । तर, इडेन हजार्डले निकै खराब पेनाल्टी प्रहार गरे । उनको प्रहार आकासियो ।
खेलको १५ औं मिनेटमा विलियनले फ्रीकिक गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, घाइते भएपछि उनलाई २३ औं मिनेटमा कोस्टाले रिप्लेस गरे ।
पहिलो हाफको अन्तिममा चेल्सीले फेरि पेनाल्टी पायो । यो पटक ओस्कारले गोल गर्दै टीमको अग्रता २-० मा पुर्‍याए ।
एक पक्षीय खेलको ५८ औं मिनेटमा डिएगो कोष्टाले गोल गरे भने ७८ औं मिनेटमा सेस फेब्रिगासले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाएका छन् ।

0 comments:

Post a Comment

 
Top