भाद्र २४. थाइल्यान्डको फुकेटमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालका दिनेश श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
पुरुषको ९४ केजीमा दिनेशले स्न्याचतर्फ १ सय १५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेको नेपाल भारोत्तोलन संघले जनाएको छ ।
यसअघि दिनेशको नाममा १ सय १३ केजीको कीर्तिमान थियो । उनले गत वर्ष ललितपुरमा भएको तेश्रो ग्रान्ड पि्रक्स राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए । दिनेशले क्लिन एन्ड जर्कमा १ सय ३८ भार उचाल्दै कुल २ सय ५३ केजी वजन उठाए ।
च्याम्पियनसिपको अन्तिम दिन शुक्रबार नेपालबाट सहभागी एक मात्र महिला खेलाडी तारादेवी पुनले ७५ केजीमाथि प्रतिस्पर्धा गर्नेछिन् ।
त्यसै दिन पुरुषको १०५ केजीमाथि पुकार गुरुङ र १०५ केजीमा गगनसिंह ओलीको खेल छ ।

0 comments:

Post a Comment

 
Top