आश्विन १०।  नेपालको फुटबल इतिहासमा महत्वपूर्ण योगदान दिएको रुपन्देही क्रिकेटको पनि उर्वरभूम बन्दै भएको छ ।
फुटबलमा हाल चर्चित विमल घर्ती मगरदेखि राष्ट्रिय खेलाडी दीपली क्षेत्री, पुकार गहतराज, प्रदीप कार्कीलगायत खेलाडी उत्पादन गरेको छ । पछिल्ला वर्षहरुमा फुटबलसँगै क्रिकेटका राष्ट्रिय खेलाडी शक्ति गौचन, वसन्त रेग्मीलगायत उत्पादन गरेको जिल्लामा चार खेलाडी  यु १९ विश्वकपमा पनि छनोट भएपछि यहाँका खेलप्रेमी थप उत्साहित बनेका छन् ।
रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्लले जिल्लामा फुटबलसँगै क्रिकेटका राष्ट्रिय खेलाडी धमाधम उत्पादन भइरहेको बताए । उनका अनुसार जिल्लामा हुने नियमित क्रिकेट अभ्याससँगै विभिन्न क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्दत  पुगेको छ ।
आइसिसी यु १९ विश्वकप छनोट क्रिकेटको तयारीका लागि आज भारत जाने टोलीमा रुपन्देहीमा चार जना खेलाडी छनोटमा परेका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले बिहीबार घोषणा गरेको राजु रिमालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा रुपन्देहीका कुशल भुर्तेल, सौरभ खनाल, शङ्कर राना र  सन्दीप सुनार छनोटमा पर्न सफल भएका छन् ।
टोलीमा १३ जना एसिसी प्रिमियर लिग खेलमा सहभागी  खेलाडी पर्न सफल भएका छन् ।  यहाँ क्रिकेट प्रतियोगताहरु नियमित भइरहने भएकाले उक्त खेललाई यहाँ निकै महत्वका रुपमा हेर्ने गरिन्छ । रासस 

0 comments:

Post a Comment

 
Top