आश्विन ११।   नेपालको व्यावसायिक गल्फ टुरको नयाँ सिजन सोमबारबाट सुरु हुँदैछ ।
सूर्य नेपाल गल्फ टुर २०१५/१६ अन्तर्गतको पहिलो प्रतियोगिताको रुपमा आइतबारबाट सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता आयोजना हुँदैछ ।
गोकर्ण फरेष्ट गल्फ कोर्समा हुने प्रतियोगितामा साविक विजेताशिवराम श्रेष्ठ सहितका शीर्ष खेलाडीहरु उपाधिका लागि भिड्दैछन् ।
सिजनको पहिलो प्रतियोगिताको रुपमा सुर्य नेपाल मास्टर्स आयोजना हुँदै आए पनि यसपटक भुकम्पले उक्त प्रतियोगिता प्रभावित भएको थियो ।
गत बैशाखमा तय भएको सूर्य नेपाल मास्टर्स भुकम्पको कारण स्थगित गरिएपछि सेन्ट्रल ओपनलाई टुरको पहिलो प्रतियोगिता बनाइएको हो । अघिल्लो सिजनको टुरमा सुर्य नेपाल मास्टर्ससहित कुल ८ प्रतियोगिता भएका थिए ।
यसपटक कम्तिमा ७ प्रतियोगिता निश्चित भएकाले अन्य केही प्रतियोगिता थप्न प्रयास गर्ने टुरको आयोजक नेपाल व्यावसायिक गल्फर्स संघले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top