२६ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्डले दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेदरल्याण्डले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
पहिलो खेलमा अफगानिस्तानसँग हारेको नेदरल्याण्डले दोस्रो खेलमा आयोजक मध्येको एक स्कटल्याण्डलाई हराएको थियो ।
पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११९ रन बनायो । उसका स्वप्निल पटेलले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
यूएईलाई सस्तैमा समेट्ने क्रममा असन मल्लिक, रोइलोफ भान डेर र माइकल रिपोनले २-२ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको नेदरल्याण्डले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि बेन कुपरले ३८ बलमा तीन चौका र तीन छक्काको मदतमा अविजित ५० रन बनाए । माइकल स्बार्टले १९ र वेस्ले बारेसीले १८ रन बनाए ।
जितपछि नेदरल्याण्डको ३ खेलबाट ४ अंक भएको छ । तर, रन रेटका आधारमा तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको अफगानिस्तान शीर्ष र केन्या दोस्रो स्थानमा छ ।
२ खेलबाट २ अंक जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ । ओमान, क्यानडा र यूएईले खाता खोल्न सकेको छैनन् ।

0 comments:

Post a Comment

 
Top