अखिल नेपाल फुटबल संघ एन्फाले मच्छिन्द्र र सरस्वती क्लबमाथिको प्रतिवन्ध हटाएको छ । चित्तबुझ्दो जवाफ नदिएको भन्दै फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबमाथिको प्रतिवन्ध भने कायमै छ ।
एन्फाको आइतबार बसेको बैठकमा एन्फामा रहेका मच्छिन्द्र र सरस्वती क्लबका प्रतिनिधि समेत उपस्थित थिए । बैठकपछि एन्फाका सीईओ इन्द्रमान तुलाधरले भने-‘चित्तबुझ्दो जवाफ आएका मच्छिन्द्र र सरस्वतीको प्रतिवन्ध हटाइएको छ ।’
तर, फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबले भने चिक्त बुझ्दो जवाफ नदिएकाले प्रतिवन्ध कायमै छ । तुलाधरले भने-‘हामी उहाँहरुलाई भोलि तपाईहरुको केही छ भनेर पत्र पठाउँछौं ।’

0 comments:

Post a Comment

 
Top