२७ असार, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकामाथि ७ विकेटको शानदार जित हात पारेको छ । यससँगै तीन एकदिवसीय श्रृखला १-१ को बराबरी भएको छ ।
मीरपुरमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १६२ रन बनायो । यो उसले बंगलादेशमा बनाएको सबैभन्दा कम स्कोर हो ।
उसका लागि फाफ डुप्लेसिसले ४१ र फरहान बहारडिनले ३६ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर हरमान र नासिर हुसेनले ३-३ विकेट लिए । रुबेल हुसेनले २ तथा महमुदुल्लाह र मार्टाजाले १-१ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको घरेलु टोलीले २७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । तमिम इकबाल मात्र ५ रनमा आउट भए भने लिटन दास १७ रनमा आउट हुँदा टीमको स्कोर मात्र २४ रन थियो ।
तर, सौम्य सरकारले महमुदुल्लाहसँग तेस्रो विकेटका लागि १३५ रनको साझेदारी गरे । हमुदुल्लाह ५० रनमा आउट भए । सरकार ८८ रनमा अविजित रहे ।
नट आउट रहेका सकिल अल हसनले खाता नै खोल्न सकेनन् ।

0 comments:

Post a Comment

 
Top