भाद्र १४। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा स्वान्सीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै म्यानचेष्टर युनाइटेडले अग्रता लियो । ४८ औं मिनेटमा माटाल गोल गरे ।
काउन्टर अट्याकमा स्वान्सीका आन्द्रे अयूले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै गोमिसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
सुरुवाती तीन खेलमा एक गोल खाएको थियो । तर, स्वान्सीले त्यसलाई तोडेको छ । खेलपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानगालले खेलको ८५ मिनेट आफ्नो नियन्त्रणमा राखेको तर, ५ मिनेट गुमाउँदा हार व्यहोरेको बताएका छन् ।
लिगमा सुरुवाति दुई खेल जितेको युनाइटेड पछिल्लो खेलमा न्यूक्यासलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

0 comments:

Post a Comment

 
Top