भाद्र १४। सुशान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जाँदैछ ।
सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३-३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् ।
दीपेश र गौतम भरातकै बैंगलारुको छुट्टाछुट्टै स्थानमा प्रशिक्षणमा रहेकाले दुवै त्यतैबाट प्रतियोगितामा सहभागी हुने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
नेपाली खेलाडीले पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स गरी ५ स्पर्धामा भाग लिने छन् । प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।
सन् २०१३ मा भएको उक्त च्याम्पियनसिपमा दीपेश पि्रक्वाटरफाइनलमा पुग्ने नै नेपाली खेलाडीको सबैभन्दा ठूलो उपलब्धी हो ।
प्रशिक्षकमा मेघराज कठायत छन् भने अनुपरत्न शाक्यले निणर्ायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

0 comments:

Post a Comment

 
Top